सान्धाने विद्यालयले फलायाे तरकारी

Share:

सिन्धुली । तीनपाटन गाउँपालिका वडा नम्बर ४ मा रहेकाे मावि सान्धाने स्कुलले विद्यालयमै तरकारी फलाएकाे छ ।

विद्यालयले गैरसरकारी संस्था वल्डभिजनकाे सहयाेगमा तरकारी लगाएकाे थियाे ।

विद्यार्थी र शिक्षक मिलेर लगाएकाे तरकारी खानेबेला भएकाे छ । सरकारले दिने दिवा खाजाकाे पैसा कम आउँदा विद्यार्थीलाई पाेषणयुक्त खाजा खुवाउन समस्या परिरहेकाे बेला विद्यालय आफैँले करेसाबारी बनाएर तरकारी खेती गरेकाे हाे ।

अहिले विद्यालयले आफैँले लगाएकाे तरकारी खाजाका रूपमा प्रयाेग गरेकाे छ । विद्यालयमा काउली, मुला, सिमी, बन्दालगायतका तरकारी फलाइएकाे छ ।

विद्यालयले तरकारी खेती गर्दा प्रति विद्यार्थी रु.१५ का दरले प्राप्त हुने अपर्याप्त रकमबाट व्यवस्थापन गर्नुपर्ने दिवाखाजालाई व्यवस्थापन गर्न केही सहयाेग मिलेकाे जनाएकाे छ।

तस्बिर: मावि सान्धाने स्कुल

 

कमेन्ट गर्नुहोस्