
रत्ननगर । रत्ननगर नगरपालिकाका संस्थागत विद्यालय तीन दिन बन्द गरिएको छ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएका कारण साउन २२ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
सो नगरपालिकाको आइतबार सम्पन्न कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा बर्खे बिदा रहेकाले संस्थागत विद्यालय निर्णय गरेरै बन्द गरिएको हो ।
बैठकले विद्यालय बन्द गरी प्रकोप नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्