
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका विभिन्न स्थानीय तह पुगेर राष्ट्रिय बहुसूचक सर्वेक्षण थालेको छ ।
मंंसिर अन्तिम साताबाट सुरु भएको यो सर्वेक्षण हरेक ५ वर्षमा गरिने गरिन्छ । कार्यालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ५४० स्थानीय तहमा यो सर्वेक्षण हुँदैछ ।
सूदुरपूर्वको ताप्लेजुंङदेखि सूदूरपश्चिमको कञ्चनपुरसम्मका ५४० स्थानीय तहका छानिएका वडाका घरधुरी पुगेर सर्वेक्षण गरिने कार्यालयले जनाएको छ ।
कार्यालयले ५ महिना लगाएर गर्ने सो सर्वेक्षणमा विशेष गरेर महिला र वालवालिकाको अवस्थाबारे जानकारी संकलन गर्ने गरिएको छ ।
युनिसेफको सहयोगमा हरेक ५ वर्षमा हुने यो सर्वोक्षण पछिल्लो पटक २०७६ सालमा भएको थियो । नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरु उपलब्ध गराउने प्रमुख उद्देश्य अनुरुप केन्द्रीय तथ्याङ्क विभागद्वारा नेपाल बहुसूचक सर्वेक्षण सञ्चालन गरिएको हाे। २०७१ सालमा प्रति १ हजार जीवित जन्मेका शिशुहरूमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियोे । २०७६ सालमा भएको सर्वेक्षण अनुसार सो घटेर २५ जनामा झरेको छ ।
सोही अवधिमा ५वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति १ हजार जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको थियो । त्यसै गरी प्रति १ हजार जीवित जन्मेका नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै २३ जना नवजात शिशु मृत्युबाट झरेर १६ जनामा रहेको देखिएको थियो ।