कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगपालिका आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बेलौरी आसपास भएर बग्ने सुहेली, चौधरलगायत साना खहरे खोलामा बाढीको जोखिम रहेको जनाएको छ । ती ठाउँका तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बिहानसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै, गएराति नवलपरासी, रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवालगायत आसपासका क्षेत्रमा पनि ठूलो पानी परेको छ । ती क्षेत्रमा पनि आज बिहानसम्म नै सतर्कता अपनाउन भनिएको छ । आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
साउन२५बिहान १:३०
पछिल्लो ३ घण्टा कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी बर्षामापन भएको,सो क्षेत्र भई बहने सुहेली,चौधर लगायत साना खरहे खोलाहरुमा एक्कासी बाढी आउन सक्ने,तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनुहुनेहरूले बिहान सम्मै सतर्कता अपनाऔँ।@NDRRMA_Nepal pic.twitter.com/p8G4qDIYEE— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 9, 2023