
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति निवासमा आज भेटवार्ता भएको हो । भेटवार्ताकाे अवसरमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
“उहाँले नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरासमेत गर्नुभयो”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
कमेन्ट गर्नुहोस्