काठमाडौं । परीक्षामा चिट चोरेको पाइएपछि कैलाली गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम बहादुर देउवा कारबाीमा परेका छन् ।
स्नातक तह दोस्रो वर्षको परीक्षा अन्तर्गत आइतबार भएको नेपाली विषयको परीक्षामा देउवाले मोबाइलबाट चिट चोरेपछि परीक्षा हलबाट निकालिएका हुन् ।
उनको उक्त विषयको परीक्षा रद्द गरिएको छ । एमालेबाट मेयरमा निर्वाचित भएका उनी खप्तड बहुमुखी क्याम्पस मसुरियामा अध्ययनरत छन् । परीक्षा सुरु भएको एक घण्टा नबित्दै मोबाइलबाट चिट चोरेको पाइएपछि उनको परीक्षा रद्द गरिएको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसले जनाएकाे छ ।
देउवाले अन्य विषयको परीक्षा भने दिन पाउनेछन् । स्वतन्त्र विद्यार्थी संगठनलगायत एमाले निकट राजनीतिक दलका भातृ संगठनहरुले उनकाे बचाउ गरेका छन् ।
कमेन्ट गर्नुहोस्