आँखा पाक्ने रोग बढेपछि सूर्यविनायक नगरपालिकामा २ दिन विद्यालय बन्द

Share:

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार २ दिन सबै विद्यालयहरु बन्द गरेको छ ।

आँखा पाक्ने रोगले विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ ।

यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आँखा पाक्ने रोगको कारण सबै विद्यालय बन्द गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्