बाग्मती प्रदेश

64
0
Share:

बागमती प्रदेश नेपालको राजधानी रहेको प्रदेश हो । यो प्रदेश २६डिग्री ५’ देखि २८डिग्री२३’ उत्तरी अक्षांश र ८३डिग्री५५’ देखि ८६डिग्री३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ ।

बागमती प्रदेशको पूर्वमा प्रदेश नं. १, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा प्रदेश नं. २ र भारतको विहार राज्य पर्छ। बागमती प्रदेशमा १३ जिल्ला छन् ।

यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.८ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको ठुलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) हुन् । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको छ ।राष्ट्रिय जनगणना २०७८ अनुसार बाग्मती प्रदेशको कुल जनसङ्ख्या ६१,१६,८६६ रहेको छ, जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।

तस्विरमाः भत्तपुर दरवार

बागमती प्रदेशको सबैभन्दा होचो भाग चितवन जिल्लाको गोलाघाट (१४१ मिटर) र अग्लो भाग रसुवा जिल्लाको लाङटाङ हिमालको लिरुङ (७२२९मिटर) रहेको छ । यस प्रदेशको भूधरातल हिमाल (दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा र धादिङ), पहाड (काभ्रेपलाञ्चोक र नुवाकोट), उपत्यका (काठमाडौँ, भक्तपुर, ललितपुर) र भित्री मधेस र चुरेपर्वत (सिन्धुली, चितवन र मकवानपुर) मिली बनेको छ । बागमती पद्रशकाे धरातलीय विविधतासंगै चुरे पवर्त , भित्रीमधसे र नदीबेसिँमा उपाेष्ण हावापानी, पहाडी क्षेत्रमा समशीतोष्ण हावापानी र उच्च हिमाली क्षेत्रमा टुन्ड्रा हावापानी पाइन्छ ।

तस्विरमाः पाटन दरवार

यहाँ उचाइ बढेअनुसार हावापानी, तापक्रम र वर्षाको मात्रा फरक पर्दै जान्छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँदमा हिउँ पर्छ । पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा समशीतोष्ण हावापानी पाइन्छ । भित्रीमधेसका जिल्लामा ग्रीममा गर्मी र हिउँदमा थोरै मात्र चिसो हुन्छ । यहाँ ग्रीष्ममा मनसुनी वायुले सालाखाला ११०० देखि ३००० मि.मि. र हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । बागमती प्रदेशमासुनकोसी, इन्द्रावती, तामाकोसी, लिखु,त्रिशूली र नारायणी नदी रहेका छन् । यस प्रदेशमा छोरोल्पा (दोलखा), गोसाइँकुण्ड (रसुवा), टौदह (काठमाडौँ, पाँचपोखरी (सिन्धुपाल्चोक), कसरा, नन्द भाउजु, तमोघैलाताल,विसहजारी ताल(चितवन) आदि तालतलैया छन् ।

तस्विरमाः चितवन राष्टि्य निकुञ्ज

बागमती प्रदेशनेपालको प्रमुख आर्थिक केन्द्र हो । यस प्रदेशको सन् २०१९÷२० मा कुल ग्रार्हस्थ उत्पादनमा ३१.९ प्रतिशत योगदान रहेको छ भने ६० प्रतिशतभन्दा धेरै मानिस कृषि पेसामा लागेको देखिन्छ । बागमती प्रदेशमा धान, मकै, गहुँ, कोदो, फापर, दलहन, तेलहन बाली उत्पादन हुन्छन् । यस प्रदेशको चितवन, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा कुखुरापालन व्यवसाय र तरकारी खेती फस्टाएको छ । बागमती प्रदेश फलफूल, तरकारी, मासु र दुध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुखरहेको छ ।

तस्विरमा धादिङबाट देखिने मनास्लु हिमाल

बागमती प्रदेशमा बालाजु, पाटन, भक्तपुर र हेटौँडामा औद्योगिक क्षेत्रहरू रहेका छन् । यस प्रदेशमा उद्योगहरूले धेरै व्यक्तिलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् । बागमती प्रदेशको पाँचखाल र चितवनको शक्तिखोरमा विशेष औद्योगिक क्षेत्र बनाउन थालिएको छ । बागमती प्रदेशकाकाठमाडाै नारायणगढ, वनेपा, हेटौँडा प्रमुख व्यापारिक केन्द्रहरू हुन् । रसुवागढी र तातोपानीनाका यस पद्रशे का पम्रखु व्यापारिक नाकाहरू हनु । यहा त्रिभवुन अन्तर्राष्ट्रियविमानस्थलबाट अन्तर्राष्ट्रिय व्यापार हुन्छ ।

तस्विरमा मकवानपुरकाे-उत्तरी-क्षेत्रमा-पर्ने-पालुङ्ग

बागमती प्रदेशमा  मिश्रित जातिको बसोबास छ । यहाँ तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ । यस प्रदेशको हिमाली क्षेत्रका मुख्य जाति शेर्पा रतामाङ हुन् । पहाडी क्षेत्रका बाहुन, क्षेत्री, मगर, दलित, र काठमाडौँ उपत्यका, धुलिखेल, बनेपामा नेवार जातिहरूको बसोबास रहेको छ । यस प्रदेशको भित्रीमधेसको मुख्य जाति थारु हो । यहाँ सीमान्तीकृत समूहका चेपाङ, बोटे, थामीे आदि पनि बसोबास गर्छन् ।

तस्विरमाः दोलखबाट देखिने गाैरी शंकर हिमाल

बागमती प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्य (७१.७८%) रहेको छ । यहाँ बौद्ध ,किराँत, इस्लाम र इसाई धर्मालम्बीहरूको पनि बसोबास छ । बागमती प्रदेशमा अधिकांश मानिसहरूनेपाली भाषा बोल्छन् । यहाँ बोलिने अन्य भाषाहरूमा तामाङ, नेवारी, थारु, चेपाङ आदि हुन ।बागमती प्रदेशको औसत साक्षरता दर ७४.९ प्रतिशत रहेको छ । यहाँको पुरुष साक्षरता दर ८२.२% र महिलाको साक्षरता दर ६७ %रहेको छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.६६ रहेको छ । यो सबैभन्दाबढी मानव विकास सूचकाङ्क रहेको प्रदेश हो ।

तस्विरमा काभ्रेपलाञ्चोक जिल्लामा रहेको चण्डेश्वरी मन्दिर

यस प्रदेशमा विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर, चाँगु नारायण, बौद्धस्तूप, दरबारस्क्वायरहरू र राष्ट्रिय निकुञ्ज रहेका छन् । शिवपुरी राष्टिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्छन् ।यसको साथै विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा, साहसिक खेलकुद, पर्वतारोहण, देशको राजधानी समेत भएका कारणयहाँ पर्यटन उद्योगको उच्च सम्भावना रहेको छ । यो प्रदेश विद्युत् उत्पादनमा पनि अगाडि रहेको छ । यहाँ भोटेकोसी, तामाकोसी, चिलिमे, सुनकोसी,त्रिशूली, देवीघाट, कुलेखानी पहिलो र दोस्रो आदि ठुला र साना जलविद्युत् आयोजनाहरू सञ्चालन भइरहेका छन् ।

तस्विरमाः काठमाण्डाै

बागमती प्रदेश सडक र हवाईमार्गको पूर्वाधारमा सम्पन्न छ । यो प्रदेशसँग देशका सबै प्रदेश र अन्तर्राष्ट्रिय देशहरूसँग हवाई सेवा जोडिएका छन् । यस प्रदेशमा त्रिभुवन राजपथ र दक्षिणकाली हेटौंँडा राजमार्गले तराई, पृथ्वीराजमार्गले बागमति र गण्डकी प्रदेशमा केहीपहाडी जिल्लाहरूमा सडक यातायातमा सहज बनाएको छ । अरनिको राजमार्ग र पासाङ ल्हामु राजमार्गले चीनसँगको कोदारी र रसुवागढी नाकासँगको सम्पर्क जोडेको छ । बी.पी. राजमार्गले काठमाडौँ उपत्याका र पूर्वी पहाड र तराईसँगको सम्पर्कलाई नजिक बनाएको छ । यहाँका निर्माणाधीन काठमाडौँ तराई दु्रतमार्ग, थानकोट नौबिसे सुरुङ मार्गले यस प्रदेश र समग्र देशकै आर्थिक समृद्धिको सम्भावना बोकेका छन् ।

तस्विरमा गोशाइकुण्ड र भैरवकुण्ड रसुवा

कमेन्ट गर्नुहोस्