
भाैगोलिक अवस्थिति
गण्डकी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७डिग्री २०’ देखि २९डिग्री २०’ उत्तरी अक्षांश र ८२डिग्री ५२’ देखि ८५डिग्री १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ ।
गण्डकी प्रदेशको पूर्वमा बागमती प्रदेश, पश्चिममा कर्नालीर लुम्बिनी प्रदेश रउत्तरमाचीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश पर्छन् । गण्डकी प्रदेशमा ११ जिल्ला रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार गण्डकी प्रदेशको कुल जनसङ्ख्या २४,६६,४२७ रहेको छ, जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।

यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १४.६ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको सबैभन्दा ठूलो जिल्ला गोरखा (३,६१० व.कि.मि.) र सानो जिल्लापर्वत (४९४ व.कि.मि.) हुन् । गण्डकीे प्रदेशको राजधानी पोखरामा रहेको छ । यस प्रदेशको भूधरातललाई हिमाली क्षेत्र, पहाडी क्षेत्र र भित्रीमधेस क्षेत्र गरी तीन भागमा विभाजन गर्न सकिन्छ। पहाडी क्षेत्रले धेरै भूभाग ओगटेको छ ।

यस प्रदेशको उचाइ समुद्र सतहबाट १०३ मिटर (त्रिवेणी) देखि ८१६७ मिटर (धवलागिरि) सम्म फैलिएकोछ । मुख्य हिमालय र तिब्बती सीमान्त पर्वतहरूको बिचमा मनाङ, मुस्ताङ, छेकम्पार, चुमभोट जस्ता उपत्यका छन् । हिमाली प्रदेशको उत्तर मा सीमान्त हिमालय र मुख्य हिमालयका बिचमा मनाङ, मुस्ताङ जिल्ला पर्छन् । पहाडी क्षेत्रमा मध्य पहाड, महाभारत लेक र चुरेपर्वत पर्छन् ।

भित्रीमधेसमा नवलपरासी सुस्तापूर्वका भूभागपर्छन् । गण्डकी प्रदेशको धरातलीय स्वरूपले हावापानीमा विविधता ल्याएको छ । यस प्रदेशको भित्रीमधेसमा उपोष्ण,पहाडी भूभागमा समशितोष्ण र हिमाली भूभागमा लेकाली र टुन्ड्रा हावापानी पाइन्छ । यहाँ सालाखाला वार्षिक वर्षा २५०० मि.मि. भन्दा बढीहुन्छ । यस प्रदेशमा नेपालको सबैभन्दा धेरै वार्षिक वर्षा हुने ठाउँ लुम्ले (५२८४ मि.मि.) र कम हुने ठाउँ मुस्ताङ (१४६ मि.मि.) रहेका छन् ।

गण्डकी प्रदेशजलसम्पदाको हिसाबले धनी छ । यो प्रदेश हुँदै मस्र्याङ्दी, मादी, सेती, दरौँदी र काली गण्डकी नदी बहन्छन् । वुढी गण्डकी र त्रिशूली नदी यो प्रदेश र बागमती प्रदेशको सीमा नदी हो । यस प्रदेशमा तिलिचो (मनाङ), फेवा, बेगनास र रूपाताल (कास्की) रहेका छन् । यहाँ तातोपानीका कुण्डहरू पनि रहेका छन् ।

गण्डकी प्रदेशमा मिश्रित जातजातिको बसोबास देखिन्छ । यस प्रदेशका मुख्य जातिहरू ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, छन्त्याल, थकाली आदि हुन् । जातजातिको बसोबास भौगोलिक क्षेत्रअनुसार फरक छ । पहाडी क्षेत्रमाक्षेत्री, बाहुन, दलित, नेवार, ठकुरी, मगर आदि बस्दछन्।

भित्रीमधेसमा ब्राम्हण, क्षेत्री, मगर, थारु, माझी र अन्य जाति रहेका छन् । हिमाली क्षेत्रमा थकाली, गुरुङ, ल्होमी आदि जातजातिको बसोवास छ । गण्डकी प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्य (८२.९%)रहेको छ । यहाँ बौद्ध, इसाई, इस्लाम, बोनर प्रकृति धर्मालम्बीहरूको पनि बसोबास रहेको छ ।

गण्डकी प्रदेशमानेपाली भाषा बोल्ने मानिसहरूको बाहुल्य (७२.७%) रहेको छ । यहाँ बोलिने मुख्य भाषाहरू मगर, गुरुङ, नेवार, तामाङ, थारुआदि हुन् । गण्डकी प्रदेशकोऔसत साक्षरता दर ७५ प्रतिशत रहेको छ । यहाँको पुरुष साक्षरता दर ८३% र महिलाको साक्षरता दर६८%छ ।
सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.६१ रहेको छ । यो प्रदेशगत हिसाबले दोस्रो बढी मानव विकास सूचकाङ्क रहेको प्रदेश हो ।यस प्रदेशमा ल्होसर, दसैँ, तिहार, तोरन्ह्ल आदि चाडपर्व मनाइन्छ ।

मनकामना, मुक्तिनाथ, विन्ध्यवासिनी, बाग्लुङ कालिका, गलेश्वर महादेव यहाँका प्रमुख धार्मिक स्थलहरू हुन् । यस प्रदेशमा रहेका गुरुङहरूको रोदी संस्कृति यस प्रदेशकोमौलिक पहिचान हो । घाटु, कौरा र सोरडी नृत्यले समेत यो प्रदेशसांस्कृतिकरूपमा धनी मानिन्छ । गण्डकी प्रदेशका ७२.४ प्रतिशत मासिहरू कृषि पेसामा लागेका छन्।

यस प्रदेशमा धान, मकै, गहुँ, को दो, फापर, दलहन, तेलहन, आलु बाली उत्पादन हुन्छन् । यस प्रदेशको हिमाली र पहाडी जिल्लाहरूका घाँसे मैदानहरूमा व्यावसायिक पशुपालनको सम्भावना रहेकोछ । कास्की, बागलुङ, पर्वत, तनहुँ र स्याङजा जिल्लामा तरकारी र कुखुरापालन व्यवसाय फस्टाएका छन् ।

यस प्रदेशको आर्थिक विकास र समृद्धिमा कृषि, वन, पर्यटनर पशुपालन व्यवसायकोयोगदान महइभ्वपूर्ण रहेको छ । गण्डकीप्रदेशकोप्रमुख औद्योगिक केन्द्र पोखरा हो । त्यस्तै नवलपरासी (सुस्तापूर्व मा पनि धेरै उद्योगहरू सञ्चालन भइरहेका छन् ।यहाँ फर्निचर, खाद्य पदार्थ, धातु, खनिज,चाउचाउ आदि उत्पादनसम्बन्धी उद्योगहरू छन्। गण्डकी प्रदेश व्यापार व्यवसायको प्रमुख केन्द्र हो ।

यसका प्रमुख व्यापारिक केन्द्रहरू पोखरा, वालिङ, गैँडाकोट, कावासोती, दमौली, कुस्मा, बेनी, बागलुङ, जोमसोम आदि हुन् । नवलपरासीको सुस्ता र मुस्ताङको कोरला नाका व्यापारिक सम्भावना बोकेका नाकाहरू हुन् ।

गण्डकी प्रदेशका प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले पर्यटन उद्योगको विकासमा अहम् भूमिका खे लिरहेका छन् । यहाँ अन्नपूर्ण पद मार्ग, मुस्ताङ र मनाङ आदि प्रमुख पर्यटकीय गन्तव्य स्थलहरू रहेका छन् ।नेपाल भित्रिने विदेशी पर्यटकहरू करिब ३३ प्रतिशत पर्यटकहरू गण्डकी प्रदेशमा आउँछन् ।

पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्नका लागि घले गाउँ, सिरवारी र विभिन्न पदमार्गहरूमा पाहुना तथा अतिथि सत्कार घरहरूसञ्चालन हुँदै आएका छन् । गण्डकी प्रदेशमा विद्युत् उत्पादनको प्रचुर सम्भावनारहेको छ । यहाँ कालिगण्डकी, मस्र्याङ्दी, मध्य मस्र्याङ्दी,मोदी, अपर मोदी, आदि ठुला साना जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन भइरहेका छन् ।

गण्डकीप्रदेश सडक र हवाईमार्गको पूर्वाधार विकासमा अगाडि छ । यस प्रदेशको पोखरा अन्तर्राष्ट्रिय विमान स्थलले यहाँको पर्यटन विकासमा ठुलो योगदान पु¥याउने देखिन्छ ।यस प्रदेशको राजधानीबाट प्रदेशका सबै जिल्लाहरू, काठमाडौँ र तराई जोड्ने सडक सञ्जाल र हवाई सेवाबाट जोडिएका छन् । यहाँबाट भारतका केहीसहरमा समेत हवाज सुविधा उपलब्ध हुँदै आएको छ ।

यस प्रदेशमा सिद्धार्थ राजमार्गले तराई, पृथ्वीराजमार्गले काठमाडौँ र पोखरा बेनीजोमसोम राजमार्गले पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लासँगको आवतजावतलाई सहज बनाएको छ । मनकानमना, मक्तिनाथ, बाग्लुङ कालिका आदि धार्मिक पर्यटनका लागि प्रसिद्ध छन् भने पोखरा आन्तरिक र बाह्य पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा रहेको छ ।
गण्डकी प्रदेशका जिल्लाहरू र तिनिहरूको परीचय ।
१) मुस्ताङ जिल्ला २) मनाङ जिल्ला ३) म्याग्दी जिल्ला ४) स्याङ्जा जिल्ला ५) कास्की जिल्ला ६) बागलुङ जिल्ला ७) पर्वत जिल्ला ८) तनहुँ जिल्ला ९) लम्जुङ जिल्ला १०) गाेरखा जिल्ला ११) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)