लुम्बिनी प्रदेश Lumbini Province

123
0
Share:

लुम्बिनी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७ डिग्री ३७’ देखि २८डिग्री ५०’ उत्तरी अक्षांश र ८०५डिग्री ८’ देखि ८४ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिममा कर्णाली    प्रदेश र सुदूरपश्चिमप्रदेश, उत्तरमा गण्डकी प्रदेश र कर्नाली प्रदेश तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यपर्छन् । लुम्बिनी प्रदेशमा १२ जिल्लारहेका छन् । यस प्रदेशले कुल क्षेत्रफलको १५.१ प्रतिशत भूभाग ओगटेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशको कुल जनसङ्ख्या ५१,२२,०७८  रहेको छ, जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।

तस्विरमा प्युठानको स्वर्गद्वारी

यस प्रदेशको सबैभन्दाठुलो जिल्ला दाङ (२,९५५व.कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४ व.कि.मि.) रहेका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा तोकिएको छ ।लुम्बिनी प्रदेशको नक्सा लुम्बिनी प्रदेशको भूबनावट अग्ला हिमशृङ् खला, पहाड, उपत्यका र समथर फाँटहरू मिलीबनेको छ ।

यस प्रदेशको भूधरातललाई चार भागमा विभाजन गर्न सकिन्छ । यसले प्रदेशको कुल भूमिको थोरै मात्र भूभाग हिमाली क्षेत्रले ओगटेको छ । सिस्ने हिमाल यसै क्षेत्रमा पर्छ । यस प्रदेशमा पर्ने एकमात्र हिमाली जिल्ला पूर्वी रुकुम हो । यस प्रदेशका धेरै भूभाग मध्य पहाडमा पर्छन् । रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची र पाल्पा जिल्ला पहाडी भूभागमा रहेका छन् ।दाङ जिल्ला यस प्रदेशको भित्रीमधेसमा पर्ने जिल्ला हो । तराई क्षेत्रमा पर्ने यस प्रदेशका जिल्लामा नवलपरासी( सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके र वर्दिया हुन् ।

तस्विरमाः बर्दिया राष्ट्रिय निकुञ्जमा पोसी हरिण

लुम्बिनी प्रदेशमा उपोष्ण, समशीतोष्ण, लेकाली र टुन्ड्रा प्रकारको हावापानी पाइन्छ । यसको उत्तरी भाग केही चिसो हुन्छ भने पहाडमा न्यानो र तराई र भित्रीमधेसमा गर्मी हुन्छ । यहाँ वर्षामा मनसुनी वायुले वर्षा गराउँछ भने हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ ।

धार्मक तथा पर्यटकिय स्थल सुपा देउराली मन्दिर अर्घाखाँची

लुम्बिनी प्रदेशको जलसम्पदाको प्रमुख स्रोत नदी र तालतलैया हुन् ।यस प्रदेशमा, तिनाउ, राप्ती, बबई,बाणगङ्गा नदी रहेका छन्। कर्नाली र कालिगण्डकी नदीहरू क्रमशः सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेश छुट्याउने सीमा नदी हुन् ।लुम्बिनी प्रदेशको भौगोलिक क्षेत्र अनुसार मिश्रित जातजातिहरू बसोबास गर्छन् । यहाँको मुख्य जातजाति ब्राह्मण, क्षेत्री,थारु र मगर आदि हुन् । यहाँको पहाडी क्षेत्रका मुख्य जातजाति मगर, क्षेत्री, बाहुन, दलित, ठकुरी, सन्यासी आदि हुन् ।

तस्विरमाः दाङ जिल्लामा रहेको संसारकै ठुलो त्रिशुल

तराई र भित्रीमधेस क्षेत्रका मुख्य जातिमा थारु,यादव, मुसलमान र सीमान्तीकृत समूहका चमार, केवट, कहर र पासवान आदि हुन् । यस प्रदेशक  कपिलवस्तु र बाँके मुस्लिम बाहुल्य भएका जिल्ला हुन् । त्यस्तै दाङ र बर्दिया थारु बाहुल्य भएका जिल्ला हुन् । लुम्बिनी प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्यरहेको छ । यहाँ बौद्ध, इस्लाम, इसाईर प्रकृति धर्मालम्बीहरूको पनि बसोबास रहेको छ ।

तस्विरमा रूकुम पुर्वको तल्लो सेरा गाउँ

लुम्बिनी प्रदेशमा बसोबास गर्ने अधिकांश मानिसहरूले नेपाली भाषा बोल्छन् । यहाँ बोलिने अन्य भाषाहरूमा थारु, अवधि, उर्दु बज्जिका, मगर आदि हनु । लुिम्बनी प्रदेशको साक्षरता दर ६६.४३ प्रतिशत रहेको छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव  विकास सूचकाङ्क ०.५६ रहेको छ । यो प्रदेश मानव विकास सूचकाङ्कको हिसाबले चौथो स्थानमा रहेको छ ।

तस्विरमाः पाल्पाको रानीमहल

यस प्रदेशमा माघी, इद, दसैँ, तिहार, सामाचखेवा आदि चाडपर्व मनाइन्छ । लुम्बिनी, स्वर्गद्वारी, बागेश्वरी, रुरुक्षेत्र, सुप्पा देउराली,जामे मस्जिद रहमानिया भैरहवा र सहवावा मस्जिद नेपालगन्ज यहाँका प्रमुख धार्मिक स्थलहरू हुन्। यसरी यो प्रदेश सामाजिक,सांस्कृतिक र धार्मिक विविधता र पहिचान बोकेको प्रदेश हो ।कृषि लुम्बिनी प्रदेशको मुख्य आर्थिक क्रियाकलाप हो । यहाँ धान, गहुँ, मकै, कोदो, तेलहन, दलहन, उखु, आलु, तरकारी, फलफूलहरू आदि उत्पादन हुन्छन् ।

तस्विरमाः वर्दिया राष्ट्रिय निकुञ्जमा रहेको पाटेबाघ

यस प्रदेशको तराई र भित्रीमधेसमा धानप्रशस्त उत्पादन हुन्छ । पहाडी क्षेत्रमा हावापानीअनुसार कफी, सुन्तला, तरकारी, फलफूल खेतीको आदिको सम्भावना रहेको छ । यहाँ पशुपालनको राम्रो सम्भावना रहेको छ । लुम्बिनीप्रदेशका विभिन्न सहरी र सहर उन्मुख क्षेत्रमा कुखुरा तथा माछा पालन, दूग्ध, तरकारी र फलफूल खेती व्यावसायिकरूपले गर्न थालिएको छ ।

तस्विरमाः दाङ जिल्लाको सिसनिया देउखुरीमा रहेको नेपालकै दोश्रोलामो पुल ।

बुटवल, भैरहवा र नेपालगञ्ज लुम्बिनी प्रदेशका आर्थिक केन्द्रहरू हुन् । लुम्बिनी प्रदेशको बुटवल, भैरहवा, नेपालगञ्जमा विभिन्न प्रकारका उद्योगहरू छन् । यसले यहाँका मानिसहरूलाईरोजगारीको अवसरप्रदान गरेको छ । लुम्बिनी प्रदेश भारतीय नाकाहरूसँग जोडिएको छ। यस प्रदेशको भैरहवा, कृष्ण नगर,नेपालगञ्ज र अन्य नाकाहरूबाट पश्चिमी क्षेत्रकाविभिन्न पहाडी जिल्लाहरू, पोखरा र काठमाडौँसम्म व्यापारिक गतिविधि भइरहेका छन् ।

जय वागेश्वरी मन्दिर नेपालगञ्ज

यहाँका प्रमुख व्यापारिक केन्द्रहरू बुटवल, भैरहवा, नेपालगञ्ज, घोराही, गुलरिया, तुलसिपुर, तानसेन आदि हुन् । लुम्बिनी प्रदेश नेपालकको प्रमुख पर्यटक गन्तब्य स्थल पनि हो । यस प्रदेशको नामाकरण भगवान गौतम बुद्धको जन्मस्थलबाट राखिएको हो । यस प्रदेशमा लुम्बिनी, स्वार्गद्वारी, रिढी,तानसेन, बर्दिया राष्ट्रिय निकुञ्ज, रानी महल, सुप्पादेउराली आदि पर्यटकी स्थलहरू रहेका छन् । यहाँका यी धार्मिक तथा  सांस्कृतिक धरोहरहरूले पर्यटन विकासमा भूमिका खेलिरहेका छन् ।

तस्विरमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट– १२ स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमङ्गल तालमा निर्माण गरिएको १२ फिट अग्लो बूद्धमूर्ति।

लुम्बिनी प्रदेशमा झिमरुक, रिडी हाइड्रोपावर र वुटवल पावर कम्पनीबाट विद्युत् उत्पादन भइरहेको छ। यहाँ कालिगण्डकी र रापती नदीको पानीलाई विद्युत् र सिँचाइमा उपयोग गर्न सकिने सम्भावनाहरू रहेका छन् । सिक्टा सिँचाइ आयोजनाले बाँके र बर्दियाका हजारौं विगाहा जमिनमा सिँचाइको सुविधाउपलब्ध गराउन सक्ने सम्भावना छ । लुम्बिनीप्रदेशको भैरहवा, नेपालगञ्ज र दाङमा विमानस्थलहरू रहेका छन् । यहाँ सडक पूर्वाधारको पनि राम्रो विकास भएको छ ।

तस्विरमाः प्रसिध्द धार्मिक स्थल रेसुङगा गुल्मी

महेन्द्र राजमार्गको धेरै भाग यसै प्रदेशमा पर्छ । यस प्रदेशका सबै जिल्लाहरू राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सिद्धार्थ राजमार्गले पहाड र तराईलाई जोडेको छ । यसैगरी विभिन्न ठाउँबाट उत्तरदक्षिण राजमार्ग निर्माण भएर हिमाल, पहाड र तराईबिच यातायातको सुविधा वृद्धि भइरहेको छ । नेपालगञ्जबाट पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा हवाई यातायातको पहुँच स्थापित छ ।

तस्विरमाः तिलाैराकोट कपिलवस्तु

 

कमेन्ट गर्नुहोस्