
काठमाडौं । सिराहाकाे काठघरमा शनिबार बस्ने भनिएको नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक बाढीका कारण स्थगित भएको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मौसमका कारण बैठक स्थगित गर्नुपरेको बताए ।
‘बैठक गर्ने भनेकै घरमा बाढी आएको छ । मौसमले साथ दिएपछि चौथो महाधिवेशन सकिएको मिति भदौ १४ मा सचिवालय बैठक त्यही ठाउँमा गर्न सकिन्छ कि भनेर सोचिरहेका छौं,’ ज्ञवालीले बताए ।
एमालेले २०४६ सालमा अम्बासको एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । त्यसैको सम्झना अहिले त्यहाँ सचिवालय बैठक आयोजना गरिएको थियो ।
कमेन्ट गर्नुहोस्