धरान उपमहानगरमा साम्प्रदायिक द्वन्द्व हुनसक्ने आशंका गर्दै लगाइयाे निषेधाज्ञा, नाकामा कडाइ

Share:

सुनसरी । स्थानीय प्रशासनले धरानमा साम्प्रदायिक द्वन्द्व हुनसक्ने आशंका गर्दै  निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे ।

आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएकाे छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । त्यही घटनालाई मध्यनजर गर्दै प्रशासनले साम्प्रदायिक सदभावमा असर पर्न आशंकामा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीनन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

कमेन्ट गर्नुहोस्