नागरिकता नियमावली नआएको भन्दै फेरि सुरु भयो माइतीघरमा धर्ना कार्यक्रम

78
0
Share:

काठमाडौं । नागरिकतासँग सम्बन्धित आन्दोलन माइतीघरमा फेरि सुरु भएको छ । नागरिकता विहीन संघर्ष समितिले नागरिकता नियमावली नआएका कारण अझै धेरैले नागरिकता नपाएको भन्दै माइतीघरमा आजबाट शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु गरेको जनाएको छ ।

नागरिकता बिहीन संघर्ष समितिका अध्यक्ष इन्द्रजीत साफीले नियमावली नआएका कारण अझै धेरैले नागरिकता पाउन कठिन भएकाले शान्तिपूर्ण आन्दोलन सुरु गरेको जानकारी दिए ।

अहिले नागरिकता बनाउन जाँदा आमाको मात्रै नामबाट नागरिकता बनाउन कठिन भएको, लालपूर्जा नभएका व्यक्तिले नागरिकता नपाएकोलगायतका समस्या रहिरहेको समितिले जनाएको छ । समितिले नियमावली चाँडो ल्याउन दवाव दिन शान्तिपूर्ण आन्दोलन गरिएको समितिले जनाएको छ ।

May be an image of 11 people and text

May be an image of 9 people and text

कमेन्ट गर्नुहोस्