काठमाडौं । बागमती प्रदेश अन्तरगत आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ ।
उसले एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आज (मंगलबार) देखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन आह्वान गरेको छ । जागिर २०८१ असार मसान्तासम्मका लागि हुने पनि सूचनामा उल्लेख छ ।
न्यायिक सहजकर्ताका लागि आवश्यक याेग्यता थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
कमेन्ट गर्नुहोस्