अन्तर्राष्ट्रिय ओस्करमा सहभागी हुन चलचित्र निर्माताले भदाै २९ भित्र आवेदन दिन सक्ने

78
0
Share:

काठमाडौँ । एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (ओस्कर अवार्ड) को ९६ औंँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित कमिटीले आवेदन आह्वान गरेको छ ।

सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको ओस्कार अवार्डका लागि नेपालस्थित कमिटीमा भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने सचिव चिरञ्जीवी गुरागाईंले जानकारी दिए। उनले भने, “प्राप्त चलचित्रलाई हेरेपछि एउटा छनोट गरी असोज १ गतेसम्म ओस्करमा पठाउँछौँ । कमिटीले तयार गरेको मापदण्डमा नेपालको मौलिकता झल्किने चलचित्रलाई सिफारिस गर्ने गरिएको छ ।”

मापदण्ड अनुसार चलचित्रहरु तोकिएको मितिभित्र प्रदर्शन भएको हुनुपर्ने, केन्द्रीय चलचित्र जाँचसमितिबाट पास भएको हुनुपर्ने, चलचित्र भवनमा कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने वा मान्यता प्राप्त ओटीटीमा प्रदर्शन भएको हुनुपर्ने छ । कमिटीले जारी गरेको बक्तव्यमा २०२२ डिसेम्बर १ देखि २०२३ अक्टोबर ३१ सम्म प्रदर्शन भएका चलचित्रले प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।

कमेन्ट गर्नुहोस्