अब स्नातक तहका प्रोजेक्ट वर्क, फिल्ड रिपोर्ट र रिसर्च पेपरमा बौद्धिक चोरी परीक्षण अनिवार्य

Share:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तहमा बौद्धिक चोरी परीक्षण अनिवार्य गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका  क्याम्पसहरूलाई पत्राचार गर्दै संस्थानले यसबारे जानकारी दिएको हो ।

योसँगै बीएससी सीएसआईटी, बीआईटी, बी टेक फुडलगायतका विषयको परियोजना, टर्म पेपर, फिल्ड वर्क, इन्टर्नशिप रिपोर्ट आदिमा बौद्धिक चोरी परीक्षण अनिवार्य  गरिएको छ । विश्वविद्यालयले २० प्रतिशतसम्मको प्लेजरिजमलाई मान्यता दिएको छ ।

विद्यार्थीहरूले विश्वविद्यालयले उपलब्ध गराएको आईथेन्टिकेट (iThenticate) सफ्टवेयरबाट बौद्धिक चोरी परीक्षण गर्नुपर्ने संस्थानले जनाएकाे छ । सम्बधन प्राप्त कलेजहरूले त्रिवि केन्द्रीय पुस्तकालयबाट यो काम गर्नसक्ने सूचनामा बताइएको छ ।

कमेन्ट गर्नुहोस्