सरकारी पैसामा वडा वडामा तीज मनाउन कमलामाई नगरपालिकाले बिदा दिने

Share:

सिन्धुली । कमलामाई नगरपालिकाले वडा वडामा तीज विशेष कार्यक्रम गर्ने भएको छ । गत वर्षहरुमा पनि नगरपालिकाले वडा वडालाई बजेट विनियोजन गरी दर खाने कार्यक्रम आयोजना गर्न निर्देशन गरेको थियो ।

यो वर्ष पनि सबै वडामा तीज विशेष दर खाने कार्यक्रम आयोजना गर्न नगरपालिकाले सबै वडालाई पत्राचार गरेको छ । चौध वडा रहेको नगरपालिकाले तीजको दर खाने कार्यक्रमका लागि प्रति वडा २५ हजार रुपैयाँ विनियोजन गरेको समेत पत्रमा उल्लेख गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालले सबै वडा कार्यालयलाई पत्राचार गरेकाे जानकारी दिए । उनले पठाएको पत्रमा आ–आफ्नो वडामा रहेका महिला समूह, किशोरी समूह, महिला सहकारी संस्थाहरु, बाल क्लबहरु तथा अन्य सरोकारवालाको सहभागितामा तीज  कार्यक्रम मनाउन निर्देशन गरिएको छ ।

कार्यक्रमको उपस्थिति, बील भर्पाई, कार्यक्रमको फोटो, कार्यक्रम सम्पन्न गरेको प्रतिवेदन र वडाको सिफारिस सहित भुक्तानी माग गर्न समेत पत्र मार्फत निर्देशन गरिएको छ ।

कमेन्ट गर्नुहोस्