युक्रेनद्वारा रुसको विमानस्थलमा ड्रोन आक्रमण

Share:

एजेन्सी । रुसका स्थानीय सञ्चार माध्यमका अनुसार रुसको उत्तरपश्चिमी शहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको छ ।
स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको छ ।

गभर्नरले भिडियो सेयर गर्दै आक्रमण भएको पुष्टी गरेका छन् । जसमा विस्फोटको आवाज सुन्न सकिन्छ भने आगलागी भइरहेको पनि देख्न सकिन्छ । रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको जनाएका छन् ।

रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्