वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनुमति नलिई विद्यालय तथा कलेज सञ्चालन गरेको भन्दै दुईवटा विद्यालयमा सिलबन्दी गरेको छ ।
वीरगञ्ज वडा नम्वर १३ स्थित वीरगञ्ज स्कूल अफ ल र वीरगञ्ज – ११ स्थित इम्पिरियल कलेजमा वीरगञ्ज महानगरपालिकाले आज सिलबन्दी गरेको हो ।
विद्यालय सञ्चालनका लागि आवश्यक अनुमति नलिएको भन्दै आएको गुनासोका आधारमा महानगरबाट गएको अनुगमन टोलीले विद्यालयमा सिलबन्दी गरेको हो । महानगरले बिना अनुमति विद्यालय र कलेज सञ्चालन गरेको भन्दै सिलबन्दी गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्