जोहानेसबर्गकाे एक अपार्टमेन्टमा आगलागी हुँदा ५२ जनाको मृत्यु, उद्दारको काम हुँदै

Share:

एजेन्सी । जोहानेसवर्गमा एक अपार्टमेन्टको तलामा आगलागी हुँदा ५२ जना नागरिकहरुको मृत्यु भएको छ ।

बीबीसीले उल्लेख गरेअनुसार उक्त घटनामा थप ४० जना घाइते भएका छन् । दक्षिण अफ्रिकाका अधिकारीहरुले बताएअनसार त्यो बिल्डिङ्गमा कसरी आगो लाग्यो भन्ने कुरा पत्ता लागेको छैन ।

आपत्कालीन सेवाका प्रवक्ता, रोबर्ड मुलुड्जीले आगो निभाउने कर्मचारीहरुले केही मानिसहरुलाई घटनाबाट जोगाउन सफल भएको बताइएको छ । बिल्डिङमा आगो लागिरहेको र पीडितहरुको खोजी भइरहेको बताइएको छ । एक्स अर्थात पूर्व ट्वीटरमा राखएिको एक भडियोमा ढोकाहरु बलेको अवस्थामा रहेका एम्बुलेन्स र ट्रकहरु उक्त बिल्डिङ वरिपरी रहेको देखाइएको छ ।

मार्सल शहरमा उक्त घटना भएकाे हाे । जाेहाेनेसबर्गका मेयर काबेलाे ग्वामाण्डाले घटनाकाे प्रत्यक्ष जानकारी लिने तयारी गरेका छन् । आगलागी के कारणले लाग्याे भन्ने कुनै कारण पत्ता लागेकाे छैन ।

 

कमेन्ट गर्नुहोस्