
एजेन्सी । दक्षिण अफ्रिकको जोहानेसबर्गकमा एक अपार्टमेन्टको तलामा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६३ कटेको छ ।
बीबीसीले उल्लेख गरेअनुसार उक्त घटनामा थप ४३ जना घाइते भएको जनाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । दक्षिण अफ्रिकाका अधिकारीहरुले बताएअनसार त्यो बिल्डिङ्गमा कसरी आगो लाग्यो भन्ने कुरा पत्ता लागेको छैन ।
जाडोको समयमा अवैध मानिसहरु सुरक्षा खोज्न उक्त घरमा गएको बस्ने गरेको खुलेको छ । घटनामा मृत्यु भएका धेरै नागरिकहरुको पहिचान गर्न कठिन भएको जनाइएको छ । धेरै नागरिकहरु जलेर शव चिन्न नसक्ने अवस्थामा पुगेकाले शवको पहिचान गर्न कठिन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आपत्कालीन सेवाका प्रवक्ता, रोबर्ड मुलुड्जीले आगो निभाउने कर्मचारीहरुले केही मानिसहरुलाई घटनाबाट जोगाउन सफल भएको बताएका छन् । बिल्डिङमा आगो लागिरहेको र पीडितहरुको खोजी भइरहेको बताइएको छ ।