एक्स अर्थात ट्वीटरबाटै अडियो तथा भिडिओ कल गर्ने सुविधा ल्याउँदै मस्क

35
0
Share:

काठमाडौं । एक्स अर्थात ट्वीटरमा छिट्टै अडियो तथा भिडिओ कल गर्न सकिने फिचर आउने कम्पनीका मालिकले बताएका छन् । बुधबार एक्समा पोस्ट राख्दै कम्पनीका मालिक एलन मस्कले छिट्टै अडियो तथा भिडिओ कल फिचर ल्याउने घोषणा गरेका हुन् ।

“यसले आईओएस, एन्ड्रोइड, म्याक तथा कम्प्युटरमा काम गर्नेछ,” उनले लेखेका छन्, “यसका लागि फोन नम्बर आवश्यक पर्ने छैन ।” यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा मस्कले कुनै जानकारी भने दिएका छैनन् । एक्समा अडियो तथा भिडिओ कलको सुविधा आउने खबर बाहिरिएको पहिलो पटक भने होइन ।

यसअघि जुलाईमा कम्पनीका डिजाइनर एन्ड्रियु क्यानवेले एक्समार्फत स्क्रिनशट शेयर गर्दै अडिओ तथा भिडिओ कल गर्न मिल्ने तयारीमा रहेकाे जनाएका थिए । कम्पनीका मालिक एलन मस्क ट्वीटर खरिद गरेपछि यसमा धेरै परिवर्तनहरु गरेका छन् । पछिल्लाे समय धेरै लामाे लेखहरु पनि ट्वीटरमा पाेष्ट गर्न मिल्ने बनाइएकाे थियाे ।

कमेन्ट गर्नुहोस्