आइटी: ह्याकरहरूको विश्वकपमा अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा

Share:

काठमाडौं । अमेरिकाकाे टाेलीलाई हराउँदै नेपाली ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

ह्याकरहरूको सबैभन्दा ठूलो प्रस्तिस्पर्धा मध्येको एक मानिने यो प्रतियोगितामा अमेरिकी ह्याकर टोलीलाई पछि पार्दै नेपाली टिम सेमिफाइनल पुगेको हो । जुलाई ५ देखि जुलाई १९ सम्म भएकाे क्वार्टरफाइनलको प्रतिस्पर्धामा अमेरिकालाई पछि पार्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेका ह्याकरवनले जनाएकाे छ ।

विश्वभरका ह्याकरहरूको टिम एक-अर्कासँग प्रतिस्पर्धा गर्ने याे प्रतियाेगितामा अब नेपालले फ्रान्ससँग भिड्ने छ । याे प्रतियाेगितामा सहभागीहरुले कुनै पनि सिस्टममा भएका कमजोरी पत्ता लगाउन लगाइन्छ । तोकिएको समयमा जसले बढी कमजोरी (बग) फेला पार्छ, सोही टिमको अङ्क बढ्दै जान्छ । अन्तिममा जुन टिमले बढी पोइन्ट पाउँछ, त्यो टिम नै विजेता घोषित हुन्छ ।

मार्च १३ देखि सुरु भएको यो प्रतिस्पर्धाको समूह चरणमा भारत र पाकिस्तानलाई हराउँदै टिम नेपाल शीर्ष १६ मा पुगेको थियो । शीर्ष १६ मा नेपालसँगै भारत पनि प्रवेश गरेको थियो । मे २ देखि १६ सम्म साउदी अरेबिया र नेपालबीच स्वीट सिक्सटिनका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा साउदीलाई पछि पार्दै टिम नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । जुलाई ५ देखि १९ सम्म भर्चुअल माध्यममार्फत् भएको क्वार्टरफाइनलमा अमेरिकालाई हराउँदै टिम नेपाल सेमिफाइनलमा प्रवेश गरेको हाे ।

नेपालले स्पेनसँग सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म प्रतिस्पर्धा गर्नेछ । यदि स्पेनलाई हराएको खण्डमा नेपालले अर्जेन्टिनामा हुने फाइनल प्रतिस्पर्धामा स्थान सुरक्षित गर्नेछ । स्पेनसँग हारेमा उत्कृष्ट तेस्रो हुनका लागि प्रतिस्पर्धा हुनेछ । टिम नेपालमा २६ जना ह्याकरहरू रहेका छन् ।नेपालसँगै पेरिस, इजरायल र स्पेन फाइनलमा पुगेका छन् ।

कमेन्ट गर्नुहोस्