काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलि ८ घण्टा विद्युत् अवरूद्ध हुने

Share:

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा भोलि (शनिबार) साढे ८ घन्टा विद्युत् अवरूद्ध हुने भएको छ । टेकु तथा के–थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकारणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जानकारी गराएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । सोही कारणले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

विद्युत आपूर्ति सकेसम्म कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिने पनि प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्