मुटुमा समस्या देखिएपछि पूर्व युवराज पारस शाह अस्पताल भर्ना

Share:

काठमाडौँ — पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ । तर मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको हो ।

पारसलाई भेट्ने पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

कमेन्ट गर्नुहोस्