कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै, चार विकेट लिने खेलाडीलाई पनि जनही एक/एक लाख दिने भएको छ।
एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा भारतविरुद्ध शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ। यसअघि पनि नगरपािलकाले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई पनि सम्मान गरेका थियाे । नगरपािलका मेयर रणबहादुर महराले शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई मात्रै सम्मान गर्ने अनलाईनपानासँगकाे कुराकानीमा बताए ।
कमेन्ट गर्नुहोस्