काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरन्स कम्पनीले एसिया कप क्रिकेटमा भारतविरूद्ध आजको खेलमा छक्का प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ बराबरकाे जीवन बीमा गरिदिने घोषणा गरेको छ ।
कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जानकारी सेयर गर्दै खेलाडीले भारतविरुद्ध छक्का प्रहार गरेमा १ लाख रुपैयाँ बराबरकाे जीवन बीमा गरिदिने घोषणा गरेको हो ।
यस्तै, भारतका बलरविरुद्ध नेपाली ब्याट्सम्यानले प्रहार गर्ने प्रत्येक चौकालाई ५० हजार बराबरकाे बीमा दिने समेत कम्पनीले जनाएको छ ।
यसबाहेक, भारतीय ब्याट्सम्यानको विकेट लिने खेलाडीलाई समेत प्रति विकट पाँच लाख रुपैयाँ बराबरकाे बीमा सुविधा दिने घोषणा गरिएको छ ।
कमेन्ट गर्नुहोस्