
महोत्तरी । सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा पुगेर ढुंगामुढा गरेकाे र बाइक समेत जलाएपछि झडपकाे स्थिति आएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार शिक्षक सरुवा गरेकाे भन्दै विद्यार्थीहरुले गाउँपालिका विरुद्ध विराेध गर्न गएका हुन् । विद्यार्थी सँगै स्थानीय नागरिकहरु पनि गाउँपालिकामा झडपमा समावेस भएपछि प्रहरीले केही बल प्रयाेग गरेर सात जनालाई पक्राउ गरेकाे जनाएकाे छ । मंगलबार दिउँसो १ बजेदेखि गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त बनेकाे थियाे । प्रहरीमाथि पनि विद्यार्थीले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रुग्यास हानेको थियाे ।
विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा संलग्नहरु विद्यार्थी भएकाले संयमता अपनाएर स्थिति समान्य बनाउने प्रयास भएकाे महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले पालिका सञ्जाललाई जानकारी दिए ।
उनका अनुसार विद्यार्थीको ढुंगामुढाबाट केही प्रहरी समेत घाइते भएका छन् । गाउँपालिकाकाे क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ ।