काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवलाई अस्पताल लगिएको छ । यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटा भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा आफूलाई अभियान्ता भनेर हिड्ने गर्थे ।
पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए । सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ ।
कमेन्ट गर्नुहोस्