देशका ५१ ठाउँमा एकसाथ विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)

Share:

काठमाडौं । देशका विभिन्न ठाउँमा एकसाथ ५१ वटा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन संचालनमा आएका छन् । बुधबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले काठमाडौंको भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरेसँगै देशका ५१ ठाउँमा नेपाल विद्युत प्राधिकरणद्वारा निर्मित विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा आएका हुन् ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएकाचार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअपतथा कार र २५ वटामा साना– ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटाचार्जिङ स्टेसन सञ्चालनमाआउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छऊर्जा खपत मार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनिकरण मार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए। विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५–२० गुणा सस्तो पर्ने उल्लेख गर्दै उनले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमापनि सकारात्मक योगदान पुग्ने बताए ।

एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्वन उत्सर्जन घटाउने यातायात महत्वपूर्ण क्षेत्र भएकाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिए ।

चार्ज गर्दा कारहरुमा औसत सत्तरी पैसा, एसयूभिहरुमा असी पैसा, माइक्रो बसमा नब्बे पैसा र बसहरुमा एक रुपैयाँ बीस पैसा प्रतिकिलो मिटर खर्च लाग्ने छ ।

कहाँ/कति वटा चार्जिङ स्टेशन सञ्चालनमा आए ?

  • धार्के धादिङ– २
  • मुग्लिङ चितवन– १
  • साझा सेवाबल्खु काठमाडौं– २
  • साझा सेवापुल्चोक ललितपुर– १
  • नेपालविद्युतप्राधिकरण, रत्नपार्क काठमाडौं– १
  • नेपालपुलिस क्लब, भृकुटीमण्डप काठमाडौं– १
  • पारस बसपार्क चितवन– २
  • खुर्कोट सिन्धुली– २
  • सिन्धुलीबसपार्क सिन्धुली– १
  • इलाकाप्रहरी कार्यालय बर्दिबास महोत्तरी– २
  • हरिवन सर्लाही– २
  • इनरुवाबसपार्क सुनसरी– १
  • प्रहरी पेट्रोल पम्प, लाहान सिराहा– २
  • कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की– २
  • पर्यटक बसपार्क पोखरा कास्की– १
  • दमक बसपार्क झापा– २
  • बेलकानगरपालिका उदयपुर– २
  • बिर्तामोड बसपार्क झापा– २
  • सुर्खेत बसपार्क सुर्खेत– २
  • हेटौडा, रातमाटे मकवानपुर– २
  • विद्युतप्राधिकरणतालिम केन्द्र खरिपाटी भक्तपुर– १
  • प्रहरी पेट्रलपम्प, सामाखुसी काठमाडौं– २
  • बेगनास ताल, पोखरा कास्की– १
  • बुटवलबसपार्क रुपन्देही– २
  • इटहरी सुनसरी– १
  • विराटनगर मोरङ– १
  • कोहलपुर नयाँबसपार्क बाँके– २
  • धनगढी कैलाली– २
  • त्रिशूलीहावा घर नुवाकोट– १
  • बट्टार, त्रिशूली नुवाकोट– १
  • कुश्मा पर्वत– १
  • लमहीबसपार्क दाङ– २
  • लम्की कैलाली– १

जम्मा– ५१

कमेन्ट गर्नुहोस्