अल्पायुमै काठमाडौं महानगरका वडा अध्यक्ष रिजालको निधन

Share:

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा उनको आज विहान ०७ः३० बजे निधन भएको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र निमोनिया देखिएपछि उनलाई पाँच दिनअघि अस्पताल लगिएको थियो । पाँच दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उनको पार्थिक शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिएको थियो । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजकसमेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । पछिल्लो समय मेयर बालेन्द्र शाहसँग नगरसभाको छलफलमा आलोचनात्मक टिप्पणी गर्दा उनी चर्चित भएका थिए । उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।

कमेन्ट गर्नुहोस्