काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने गर्दै छ । एसिया कप अन्तर्गत सुपर फोरको खेल श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङको निर्णय लिएको हो ।
समूह चरणमा वर्षा बाधक भएर यी दुई देशबीचको खेल रद्द भएको थियो । खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।
सुपर फोर अन्तर्गतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै छ । पाकिस्तानलाई हराउँदै भारत सुपर फोरको सानदार सुरुआत गर्न चाहन्छ । उता, पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।
लगातार दोस्रो जित सहित पाकिस्तान फाइनल सम्भावना बलियो बनाउन चाहन्छ । सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् । चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।
कमेन्ट गर्नुहोस्