काठमाडौँ — ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेको थियो ।
यस्तो छ धरौटीको विवरण :
मिनबहादुर गुरुङ २ करोड ४६ लाख
कलाधर देउजा १५ लाख
विनोदप्रसाद पौडेल १५ लाख
रुद्रकुमार श्रेष्ठ ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ ७ लाख ५० हजार
गोपल कार्की ७ लाख ५० हजार
धमनकुमार कार्की ७ लाख ५० हजार
योगराज पौडेल ७ लाख ५० हजार
नारायणराज मिश्र ७ लाख ५० हजार
अरुणकुमार श्रेष्ठ ७ लाख ५० हजार
लोकहरी घिमिरे ७ लाख ५० हजार
शिवजी भट्टराई ३ लाख ३० हजार
ध्रुवप्रसाद अर्याल ३ लाख ३० हजार
बाबुराजा महर्जन १ लाख १० हजार
देवनारायण १ लाख १० हजार
सकलानन्द १ लाख १० हजार
संजय महर्जन १ लाख १० हजार
केशव तुलाधर साधारण तारेख