नुवाकोट । म्यागङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष परस्त्रीसहित होटलबाट पक्राउ परेका छन । विदुर नगरपालिका वडा नम्बर २ को होटल दरबारभ्यूबाट गएकाे आइतबार नेपाली कांग्रेसका नेता समेत रहेका हरीबहादुर तामाङ एकजना महिलासँगै खाजा खाइरहेकाे अवस्थामा महिलाका श्रीमानले फेला पारेपछि प्रहरीलाई बाेलाएर जिम्मा लगाएका थिए ।
म्यागल गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले हाेटलमा ती महिला र वडा अध्यक्ष खाजा खाइरहेकाे भेट्टाएपछि महिलाका श्रीमानले प्रहरी बाेलाएकाे बताइन् । उनले प्रहरी कार्यालयमै महिला वडा अध्यक्ष तामाङ र महिलाका श्रीमानसहितकाे सहभागितामा महिलासँग पुरुषले डिभार्स मागेकाे र डिभार्स दिने गरी मिलापत्र गराइएकाे पालिका उपाध्यक्ष तामाङले बताइन् ।
श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेकाे थाहा पाएपछि महिला र आफ्नाे सम्बन्ध राम्राे नभएकाे पीडित पुरुषले बताए । महिलाको श्रीमानको सूचनापछि प्रहरीले होटलबाटै उनीहरूलाई पक्राउ गरेको हो ।
तामाङ गत स्थानीय तह निर्वाचनमा ७९० मतसहित विजयी भएका थिए । उनले नेकपा मओवादी केन्द्रका बुद्धिबहादुर तामाङलाई पराजित गरेका थिए । बुद्धिले ५८२ मतमात्र प्राप्त गरेका थिए ।
वडा अध्यक्षसँग हाेटलमा भट्टिइएकी महिलाकाे नाममा सबै सम्पत्ति रहेकाे र उक्त सम्पत्ति पनि भाग लगाउने सहमति भएकाे पालिका उपाध्यक्ष तामाङले पालिका सञ्जाललाई जानकारी दिइन ।