नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने, औपचारिक कार्यक्रम स्थगित

Share:

नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ  ।पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ । नेम्वाङको अप्रत्याशित निधनमा पार्टीको झन्डा आधा झुकाउदै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय बैठकले गरेको छ ।

पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने भएको छ  ।  बैठकमा नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो।

कमेन्ट गर्नुहोस्