नेम्वाङको अन्त्येष्टि बिहीबार, सोही दिन सार्वजनिक बिदा

Share:

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गर्ने निर्णय भएकाे छ। निधनपछि पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङका छोराहरू विदेशबाट आउन समय लाग्ने भन्दै बिहीबार अन्त्येष्टि गरिने निर्णय गरेको हो।

अन्त्येष्टि  बिहान ११ बजे गर्ने जनाइएको छ। मंगलबार ५ बजेसम्म र भोलि ९ देखि १ बजेसम्म पार्टी कार्यालयमै श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने छ। संविधानसभाका अध्यक्षसमेत भएका सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरिसकेको छ। बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने हुँदा त्यो दिन सार्वजनिक बिदा हुने जनाइएकाे छ। नेम्वाङले संविधान निर्माणमा खेलेको भूमिकाको उच्च कदर गर्दै सरकारले राजकीय सम्मान दिने निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस्