
काठमाडौं । प्रतिनिधिसभाको भाेलि दिउँसो १ बजे बस्ने भनिइएको बैठक सरेको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएराति असामयिक निधन भएपछि प्रतिनिधिसभाको बैठक सरेको हो ।
बैठक बिहीबार दिउँसो ३ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गाैतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने जनाएको छ । नेम्वाङ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका थिए ।
२०४८ सालदेखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता थिए ।
कमेन्ट गर्नुहोस्