सुनसरी । जिल्लाको धरान उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा उपमहानगरपालकिाले सार्वजनिक बिदा दिने जनाएको हो।
पालिकाका मेयर हर्कराज साम्पाङले भाेलि सार्वजनिक बिदा भएकाे बताएका छन् । त्यस्तै बिहीबार सरकारले नै सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने भएको छ । सरकारले ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने पनि मन्त्रालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्