शिक्षा विद्येयक: अभिभावकलाई नै विव्यसकाे नेतृत्व, सम्बन्धित पालिकाको स्थायी बसोबासी हुनुपर्ने

Share:

काठमाडौं । सरकारले विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकलाई नै विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्ने व्यवस्थालाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेको छ । संसद्‍मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा यसअघिको प्रस्तावलाई निरन्तरता दिनुपर्ने व्यवस्था छ ।

विधेयकमा विद्यालयका अभिभावकहरुले आफूमध्येबाट एकजनालाई संयोजक छान्नुपर्ने प्रस्ताव छ । समितिमा बुद्धिजिवी, शिक्षाप्रेमी र समाजसेवीमध्ये कम्तिमा दुई महिलासहित समावेशी सिद्धान्त अपनाउनुपर्ने व्यवस्था प्रस्ताव छ ।

समितिमा रहने अरु व्यक्ति सम्बन्धित स्थानीय तहमा स्थायी रुपमा बसोबास गरेको हुनुपर्ने नयाँ व्यवस्था थपिएको छ । निजी विद्यालयहरुलाई भने यो व्यवस्था बाध्यकारी गरिएको छैन ।

कमेन्ट गर्नुहोस्