शिक्षा विधेयक: राहत शिक्षकले स्थायी हुन परीक्षा दिन पाउने, फेल भए बिदाइ गरिने

Share:

काठमाडौं । राहत शिक्षकहरूले स्थायी हुन परीक्षा उतिर्ण गर्नुपर्ने प्रस्तावसहितको शिक्षा विधेयक संसदमा दर्ता भएको छ । ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले स्थायी हुनका लागि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

उनीहरुका लागि उमेर हद नलाग्ने गरी सरकारले विधेयक ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको रेकर्डअनुसार नेपालमा ४४ हजार राहत शिक्षक छन् । राहत शिक्षकलाई स्थायी हुने मौका दिनका लागि सरकारले कुल दरबन्दीमा ५० प्रतिशत आरक्षणको व्यवस्था पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्