तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बन्यो चीन

Share:

 एजेन्सी । चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि चीन अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बनेको छ ।

तालिबानले झाओ जिङको नियुक्ति अन्य देशका लागि उसको सरकारसँग सम्बन्ध स्थापित गर्ने एक सङ्केत भएको बताएको छ । कुनै पनि अन्य देशले तालिबान सरकारलाई मान्यता दिएको छैन । तालिबान सरकारले अफगानिस्तानमा थुप्रै मानवअधिकार उल्लङ्घनका घटना घटाएकाे भन्दै विश्वभरबाट आलोचना भइरहेकाे छ ।

चीनको विदेश मन्त्रालयले बुधवार भनेको छ, ‘चीन अफगानिस्तानसँग कुराकानी र सहयोगलाई अघि बढाउन जारी राख्नेछ ।’

कमेन्ट गर्नुहोस्