
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग हाङजाओमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन् ।
आफ्नो आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता हुने जानकारी दिएका हुन् ।
२५ सेप्टेम्बरमा चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए ।
लगतै १९ औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ ।
कमेन्ट गर्नुहोस्