सिन्धुली । कार्यालय समयमा शिक्षक र स्वास्थ्यकर्मी राजनीतिक कार्यक्रममा गएको भन्दै सीडीओ कार्यालयमा गुनासो पुगेपछि कार्यालयले सबै पालिकाहरुलाई पत्र काटेर सचेत गराएको छ ।
सिन्धुलीका सबै पालिकालाई पत्र काट्दै सीडीओ कार्यालय सिन्धुलीले कार्यालय समयमा स्वास्थ्यकर्मी र शिक्षक राजनीतिक कार्यक्रममा गएको भन्दै विद्यार्थी र उपचार गर्न आएका बिरामीको बिचल्ली भएको गुनासोे सम्बोधन गर्ने सबै पालिकालाई भनेको छ ।
शिक्षक र स्वास्थ्यकर्मी विभिन्न राजनीतिक दलमा आवद्ध भएर विभिन्न कार्यक्रममा सहभागी हुने गरेका छन् । त्यसले स्वास्थ्य र शिक्षामा विकृति पैदा गरेको छ ।
कमेन्ट गर्नुहोस्