काठमाडौंमा सुर्तिजन्य पदार्थ बेचे दुई पटकसम्म समान जफत, तेस्रो पटकमा पसल बन्द

Share:

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सुर्तिजन्य पदार्थ बेचे दुई पटकसम्म समाज जफत गर्ने र तेस्रो पटक पसल नै बन्द गराउने भएको छ ।

महानगरले आज पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ सान्दार्भिक कानून सुर्तिजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनिकरण गर्न सुर्तिजन्य पदार्थ किनबेचमा रोक लगाएको जनाएको छ । सुर्तिजन्य पदार्थहरु भोलिबाट पूर्ण प्रतिबन्ध गरिने र त्यसको अनुगमन पनि कडाइका साथ हुने महानगरले जनाएको छ ।

‘सुर्ति सेवनको निमित्त बनाइएका कच्चा सुर्ति, खैनी, गुट्टका, सुर्ति वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थ सार्वजनिक स्थलको एक सय मिटर वरीपरी बेच्न र सेवन गर्ने प्रतिबन्ध गरिएको छ’, महानगरपालिकाले आज जारी गरेको सूचनामा भनिएको छ, ‘कारवाहीमा पटक पटकसम्म जफत गरिने र तेस्रो पटक पनि बिक्री वितरण भएको पाइएमा पसल नै बन्दा गराइने छ ।’

महानगरपालिकाले नगरप्रहरी परिचालन गरी सुर्तिजन्य पदार्थको किनबेच तथा सेवन भए/नभएको अनुगमन गर्ने बताएको छ । काठमाडौं महानगरका ४ क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गरिने र केन्द्रमा १० जना सादा पोसाकमा नगरप्रहरी परिचालन हुने महानगरले जनाएको छ ।

त्यस्तै पछि आवश्यकता अनुसार थप नगरप्रहरी र अन्य कर्मचारी समेत अनुगमनमा परिचालित हुने महानगरले जनाएको छ । महानगरले कसैले कानुनको अवज्ञा गरे महानगरमा खबर गर्न भनेको छ ।

 

कमेन्ट गर्नुहोस्