वाणिज्य बैंकहरुले पुस महिनाका लागि घटाए ब्याजदर, कुनको कति ?

Share:

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ ।

समग्रमा २० वाणिज्य बैंकहरुको औषत ब्याजदर ०.६२ प्रतिशतले घटेको छ । बैंकहरुले मंसिर महिनामा ९.९१ प्रतिशत रहेको २० बैंकहरुको औषत अधिकतम ब्याजदर, पुस महिनामा घटेर ८.९९ प्रतिशतमा पुगेकाे छ ।

२० मध्ये १८ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएका छन्। यी बैंकहरु मध्य सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ । मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर, पुसमा २ प्रतिशतविन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको छ ।

 

त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले १ प्रतिशतविन्दु ब्याजदर घटाएका छन् । प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी दुबैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंकदर घटाएसँगै बैंकहरुले ब्याजदर घटाएका हुन् ।

कमेन्ट गर्नुहोस्