
काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरू सर्वसम्मतिले अनुमोदित भएका छन् ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
सुनुवाइ समितिका सदस्य लिलानाथ श्रेष्ठले न्यायाधिशमा सिफारिस ६ जनाको नाम अनुमोदन भएको जानकारी दिए ।
यसअघि समितिमा उनीहरूको सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।
कमेन्ट गर्नुहोस्