पालिकाबाटै दिन थालियो राहदानी

Share:

सिरहा। सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ ।

नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया-६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् ।

‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक-पटक धाउनुपर्ने बाध्यता हटेको छ’, नगरप्रमुख यादवले भने, ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।’

उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्