काठमाडौँ । प्राकृतिक तथा सामाजिक विविधता र संस्कृतिका गहिरा कथाहरुलाई एउटै पानामा विस्तृत रुपमा उतार्न सक्ने नेपाली चित्रकारिताको विशेषतालाई प्रबर्धन गर्न काठमाडौँ महानगरपालिकामा चित्र प्रदर्शनी भएको छ ।
बिहीबारबाट राजधानीमा काठमाडौँ आर्ट बिनाले (चित्र प्रदर्शनी) गरेको हो।
प्रदर्शनीमा ८० जना कलाकारले कोरेका १ सय वटा सिर्जना छन् । मूर्त, अमूर्त चित्रकारिता, धातु कलालगायत विभिन्न विधाका सिर्जना प्रदर्शनीका विशेषता हुन् ।
माघ ४ गते सुरु भएको प्रदर्शनी २०८१ बैशाख ६ गतेसम्म चल्नेछ ।
कमेन्ट गर्नुहोस्