धरानका मेयर साम्पाङले अस्पतालमा लगाएको ताला अदालतकाे आदेशपछि खुल्याे

Share:

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अदालतको आदेशपछि खुलेको छ ।

साम्पाङले गरेको तालाबन्दी खोल्न उच्च अदालत विराटनगरले आदेश दिएपछि अस्पतालकाे तालाबन्दी खुलेको हो ।

उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न र नगराउन आदेश जारी गरेपछि उपकुलपतिको कार्यकक्षमा गरेको तालाबन्दी शुक्रबार खुलेको हो ।

उपकुलपतिको कार्यकक्षमा नगरप्रमुख साम्पाङले अस्पताल सही तरिकाले नचलाएको भन्दै तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊसहित आदेश जारी गरेपछि ताला खुलेको हो ।

अदालतको आदेशपछि नगरप्रमुख साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाएका थिए ।

उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले तत्काल ताला खोल्न आदेश दिएको थियो ।

कमेन्ट गर्नुहोस्