काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको बर्गीकरण घरबाटै गराउन सस्तो मूल्यमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको छ ।
महानगरले जारी गरेको सूचनामा १५ सय रुपैयाँमा कम्पोष्ट बिन उपलब्ध गराउने जनाएको हो ।
महानगरपालिकाले वातावरण व्यवस्थापन विभागबाट बिहान १० बजेदेखि ३ बजेसम्म कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो ।
महानगपालिकामा पछिल्लो समय फोहोरको व्यवस्थापनका लागि विज्ञ टोलीले अध्ययन गरिरहेको छ ।
यसअघि नै महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याउने नगरबासीको फोहोर नउठाउने बताएको भए पनि त्यो नीति भने लागू गर्न सकेको छैन ।
कमेन्ट गर्नुहोस्